अहिले गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसमविद्ले बताएका छन्।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी प्रदेशमा पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पानी पारिरहेको प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। अब बिस्तारै पूर्वतिर चट्याङ र असिनासहित पानी पर्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: १ चैत्र २०८२ १६:२२ आइतबार



