समाज

महिला प्रहरीमाथि कुटपिट गर्ने युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने एक युवकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई हाल काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो।

प्रहरीका अनुसार मंगलबार नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन तथा सुरक्षा ड्युटीमा रहेकी महिला प्रहरीले सडकबाट नभई आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गर्दा कठायतले उनीमाथि अचानक आक्रमण तथा कुटपिट गरेका थिए।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका कठायतविरुद्ध राष्ट्र सेवक कर्मचारीलाई काममा बाधा पुर्‍याउन नहुने तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

घटनालगत्तै नियन्त्रणमा लिइएका उनीमाथि प्रहरी वृत्त बानेश्वरले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ९ भाद्र २०८३ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App