समाज

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले मौसम पूर्वानुमान बुलेटिनमा जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडीका साथै बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ। साथै कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८३ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App