सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका–४ चिसापानीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी ५५ वर्षीय कृष्णकुमार आचार्यको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप अन्ुन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८३ १७:११ आइतबार



