समाज

पटका पट्काउँदा एक जना घाइते

बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।

आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएको बारा प्रहरीले जनाएको छ ।

पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा लगायतका भाग जलेको प्रहरीले जनाएको छ ।

घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ कार्तिक २०८३ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App