समाज

इट्टाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ। अरु चार जना घाइते भएका छन्। 

ललितपुर महानरपालिकाअन्तर्गत हरिसिद्धीमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको प्रहरी प्रभाग हरिसिद्धिले जनाएको छ। 

प्रभागका प्रहरी जवान दिपक बहादुर विकका अनुसार सल्यानकी २२ वर्षीया शान्ति कुँवर र २७ वर्षीया जानकी चन्द, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते छन्। 

सल्यानकी जानकीकाे मोडल अस्पताल र बाँकी तीन जनाको गोदावारीमा रहेको मेसडसिटी अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित: ८ चैत्र २०८२ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App