समाज

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

लोकसेवा आयोगमा ४४ पदमा दरखास्त नपरेको पाइएको छ। आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा निजामती सेवा तर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगिता तर्फका ३१ र समावेशी तर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

यसरी दरखास्त नपर्नेमा राजपत्रअनकिंत द्वितीय श्रेणी (प्राविधिक) तर्फका अमिन, मेकानिक्स लगायत पद छन्। यसैगरी राजपत्रांकिततर्फ मुख्यगरी स्वास्थ्य सेवातर्फका नवौं तहको मेडिसिन समूहतर्फ नेफ्रोलोजी, न्युरोलोजी, कार्डियोलोजी, युरो सर्जरी, किडनी ट्रान्सप्लान्ट सर्जरी, निओनेटोलोजी, हेमाटोलोजी उपसमूहका पद छन।

आरक्षण कोटामा पुनरवोलकन हुन नसक्दा यस्तो स्थिति देखिएको आयोगका कर्मचारीले बताएका छन्। कानुनअनुसार हरेक १०/१० वर्षमा आरक्षण कोटामा पुनरवोलकन हुनुपर्नेमा २०६४ सालयत पुनरवोलकन गरिएको छैन।

यो पनि पढ्नुहोस्

लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

प्रकाशित: २३ कार्तिक २०८२ ०७:५७ आइतबार