फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कपिलवस्तुमा २ हजार ९ सय बढि कर्मचारी खटिएका छन्।
जिल्लामा मतदान अधिकृतसहित २ हजार ९ सय ४६ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कमल भुसालले जानकारी दिए।
तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २ सय ३६ स्थनमा ४ सय ९१ मतदान केन्द्र छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त मतपत्र, मतपेटिका र निर्वाचनका लागि प्रयोग हुने ५२ प्रकारका सामग्री, मतदाता नामावली र अनुसूची फारम बुझेर कर्मचारीहरु आ–आफ्नो मतदान केन्द्रतर्फ लागिसकेका प्रमुख भुसालले जनाए।
प्रकाशित: १८ फाल्गुन २०८२ १७:१३ सोमबार



