समाज

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

सांकेतिक फाइल तस्बिर

सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।  

पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए।  

 

प्रकाशित: १५ चैत्र २०८२ १८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App