काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासिएको छ। वर्षाका कारण जमिन कमजोर भई उक्त घर भासिएको हो।
काठमाडौं महानगरपालिका-३, बाँसबारीस्थित उक्त घरमा ‘न्यू गण्डकी गेस्टहाउस’ सञ्चालनमा रहेको थियो।
महानगरपालिकाका अनुसार बिहीबार बेलुकी करिब ८ बजे वर्षातका कारण भिरालो जमिन खस्किँदा घर भासिएर तल खसेको छ।
सो समयमा घरभित्र कोही पनि नभएका कारण ठूलो मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १०:२० शुक्रबार



