तनहुँको भिमाद नगरपालिका-३ सुनाकोटमा अविरल वर्षाका कारण एक स्थानीयको तीनतले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
शनिबार राति करिब ९:०० बजे सुनाकोट निवासी ४६ वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा-माटोले बनेको र ढुङ्गाले नै छाएको तीनतले घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो।
गाह्रो भत्किएपछि घर बस्नै नमिल्ने गरी पूर्ण रूपमा क्षति भएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमादबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोक बहादुर क्षेत्रीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
समयमै सतर्कता अपनाइएका कारण कुनै पनि मानवीय तथा चौपाया क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १७:५० आइतबार
-600x400.jpg)

-600x400.jpg)
