समाज

कालीकोटमा ग्यासको संकट

कालीकोट जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामभरी ग्यासको अभाव बढ्दै गएको हो।

कालीकोट एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन। भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ।

मागको तुलनामा आपूर्ति  कम भएपछि उपभोक्ताले ग्यास नपाउने अवस्था बनेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए।

मान्म बजार, नाग्म बजार, लगायतका क्षेत्रमा समेत ग्यास अभाव रहेको उनको भनाइ छ। अबको केही दिनपछि ग्यास जिल्लामा पुग्ने गरी पहल भइरहको ग्यास व्यापारीले बताएका छन्।

प्रकाशित: १९ भाद्र २०८३ १४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App