समाज

प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए।

प्रकाशित: १२ आश्विन २०८२ २१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App