बाढी र पहिरोका कारण विभिन्न जिल्लाका मुख्य सडक अवरुद्ध भएका छन्।
बिहीबार बिहान ६:२० बजेसम्म नेपाल प्रहरीले दिएको जानकारीअनुसार धादिङमा बेनीघाट रोराङ, गजुरीलगायतका क्षेत्रमा बाढीका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। चितवनमा मुग्लिन-नागढुंगा सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
काठमाडौंमा नागढुंगादेखि मुलपानीतर्फको सडक बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा अविरल वर्षाका कारण मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ।
थप हेर्नुस्


प्रकाशित: ११ भाद्र २०८३ ०७:३० बिहीबार



