समाज

अनुदानमा गहुँ र मकैको बिउ वितरण

विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ ।  

महानगर परिसरमा मंगलबार आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले  अनुदानको बिउ वितरण सुरु गरेकी हुन् ।  

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।  

यो वर्ष ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ । महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवले जानकारी दिए ।  

वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बिउ वितरण गरिने महानगरपालिकाले जनाएको छ ।  

 

प्रकाशित: १६ मंसिर २०८२ २०:११ मंगलबार