समाज

क्षतविक्षत सर्वोच्च अदालत : अनिश्चित रूपमा सुनुवाइ स्थगित

सर्वोच्च अदालतले अर्को सूचना नभएसम्मका लागि सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ। 

प्रदर्शनका कारण काठमाडौं उपत्यकाका सबै अदालतको सुनुवाइ ठप्प भएको छ। मंगलबार सर्वोच्च अदालत, नेपाल बार एसोसिएसनलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि सुनुवाइ अनिश्चित बनेको हो।  

सर्वोच्चको मूल भवनमा आगजनी हुँदा इजलास र मिसिलमा क्षति पुगेको छ, तर यकिन विवरण खुलेको छैन। मिसिलमा क्षति भए सुनुवाइमा थप ढिलाइ हुने छ।

प्रकाशित: २५ भाद्र २०८२ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App