समाज

बबरमहलमा एमाले र प्रहरीबिच झडप, एक जना घाइते

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच काठमाडौंको बबरमहलमा झडप भएको छ।

काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो।

ओलीको पक्राउको विरोध गर्दै अदालतअगाडि जम्मा भएका प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै ढुंगामुढा प्रहार गरेपछि झडपको स्थिति बनेको हो।

तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। यस झडपका बीच एक जना घाइते भएका छन्।

झडपमा परी घाइते भएका व्यक्तिको अवस्था भने गम्भीर नरहेको प्रहरीले जनाएको छ।

अदालत क्षेत्रमा थप अप्रिय घटना हुन नदिन अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: १५ चैत्र २०८२ १६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App