समाज

पृथ्वीनारायण शाहको तस्बिर विवादमा सेना : राष्ट्रिय एकताको प्रतीक

फाइल तस्बिर

नेपाली सेनाले भदौ २४ गते सेना प्रमुख अशोकराज सिग्देलको सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई राष्ट्रिय एकताको प्रतीक मात्र भनेको छ। 

सो तस्बिरबारे विभिन्न कोणबाट आलोचना भएपछि नेपाली सेनाले तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगीअड्डा लेखमार्फत यो राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण मात्र भएको स्पष्ट पारेको हो।

पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता र राष्ट्रिय एकताको प्रतीक भएकोमा कुनै सच्चा नेपालीको दुईमत नहुने सेनाको भनाइ छ। राष्ट्र निर्माता कुनै तन्त्र वा वादभन्दा माथि रहेको ऐतिहासिक पहिचान भएको र संकटको क्षणमा एकताको स्मरण गराउनु राजनीतिक सन्देश नभई राष्ट्रिय चेतनाको आह्वान मात्र भएको जोड दिएको छ।

सेनाको नेतृत्वले यो तस्बिरमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्ने सन्देश दिन खोजेको स्पष्ट पारिएको छ।

यो पनि पढ्नुहोस्

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

प्रकाशित: ७ पुस २०८२ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App