रसुवामा आएको बाढी पछि मंगलबार बिहानसम्म ९८७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि अझै करिब ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार भदौ १६ गते बिहान ९ बजेसम्म बाढी प्रभावित क्षेत्रमा फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६ नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जना फेला परेका छन्।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् । त्यस्तै, रसुवामा करिब ८६५ नुवाकोटमा करिब १ हजार ५५८, जलविद्युत् आयोजनाबाट करिब ६३९, सम्पर्कविहीन विदेशी नागरिक ५८३, विदेशीसँग घुम्न गएका नेपाली १६४, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेका छन्।
प्रकाशित: १६ भाद्र २०८३ ११:२६ मंगलबार



