समाज

नक्कली मरिदा बनाउने गिरोहका तीन पक्राउ

लहान–घरेलु तरिकाबाट नक्कली मदिरा बनाउने गिरोहका तीन जनालाई प्रहरीले लहान –५ बाट पक्राउ गरेको छ। नक्कली महंगो मदिरासहित लहान प्रहरीले खरुकियाही –४ का उमेश कुमार शर्मा(२५), बल्ही –७ का रामगणेश यादव(२३) र लहान– १२ का बचन साह(२०)लाई पक्राउ गरिएको लहान प्रहरी प्रमुख(डिएसपि) उमा प्रसाद चतुर्वेदीले जानकारी दिए।डस्क भन्ने जिनमा केमिकल मिसाएर रुसलान भोड्काको खाली बोतलमा प्याक गरी आन्तरिक राजस्व कार्यालयको स्टिकर टाँसेर बिक्री गर्ने, सस्तो खाले गोल्डेन वाक भन्ने ह्विस्किमा केमिकल मिसाएर सिग्नेचर ह्विस्किको बोतलमा हालेर आन्तरिक राजस्वको स्टिकर टाँसेर बिक्री गर्ने गिरोहलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको चतुर्वेदीले बताए ।

डस्क जिन,रुसलान भोडका,सिग्नेचर ह्विस्की, रोयल स्ट्यागलगायत विभिन्न मदिराका खाली बोतल ३०० थान, भरिएको मदिरा बोत्तल ७१, गरी जम्मा ३७१ थान मदिराका बोतल, २६ पता(एउटा पत्तामा ३३ वटा) विभिन्न ब्राण्डका मदिराको ५० थान स्टिकर, बिभिन्न ब्राण्डका मदिराको २०० थान बिक्रो समेत बरामद गरिएको चतुर्वेदीले बताए । यो गिरोह लहान– ५ स्थित खुशिलाल यादवको घरमा एउटा कोठा भाडामा लिएर नक्कली मदिरा बनाउने काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित: १६ पुस २०७२ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App