समाज

२४ घण्टामा देशभर २४ सवारी दुर्घटना,७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २४ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। 

जसमा सबैभन्दा बढी घाइते काठमाडौं उपत्यका र कोशी प्रदेशमा सवारी दुर्घटना भएका छन्। दुर्घटनाबाट कोशी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्। त्यसैगरी मधेश प्रदेशमा २ जनाको मृत्यु हुँदा १८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १ जनाको मृत्यु  भएको छ भने अन्य १४ जना घाइते भएका छन्। 

दुर्घटनाबाट गण्डकी प्रदेशमा १ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु  हुनुको साथै ४ जना घाइते भएका छन्।  

सवारी दुर्घटनाबाट बागमती प्रदेशमा ६, कर्णाली प्रदेशमा ५ , सुदूरपश्चिम प्रदेशमा १ जना घाइते भएका छन्। 

प्रकाशित: ३२ असार २०८३ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App