समाज

बीपी राजमार्गमा हाइस दुर्घटना: चार घाइते, दुई गम्भीर

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको हो।

दुर्घटनामा परेर धनुषाको गणेशमान नगरपालिका-७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्।

यस्तै, मोरङ सुन्दरहरैंचा–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।

चालकसहित १४ जना सवार रहेको हाइस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

प्रहरीले हाइस चालक मोरङ बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त सवारीसाधन घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८३ १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App