समाज

वीरगञ्ज कार दुर्घटना : मृतक र तीन गम्भीर घाइतेको पहिचान खुल्यो

वीरगञ्जमा भएको कार दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं. १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतबार दिउँसो करिब ३:१० बजे बिआर-५५बि ९१०४ नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटनामा भारत, बिहारको नरकटियागन्जका ३० वर्षीय बिटु सराफको मृत्यु भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले बताए। दुर्घटनामा नरकटियागन्जकै गणेश सराफ, रतन सराफ र बिटु सराफ गम्भीर घाइते भएका छन्।

घाइतेको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख मिश्राले जानकारी दिए। तीव्र गतिमा गुडिरहेको कार चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रकाशित: २५ जेष्ठ २०८२ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App