समाज

प्रिज्मा एडभरटाइजिङका सीईओ आचार्यलाई पितृ शोक

प्रिज्मा एडभरटाइजिङ एजेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रञ्जित आचार्यलाई पितृ शोक परेको छ। 

उनका बुवा रञ्जन आचार्यको ८५ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो।

दुई वर्षयता दमबाट ग्रसित उनलाई कृतिम अक्सिजन दिएर घरमै राखिएको थियो।  

स्वास्थ्य समस्या गम्भीर बनेपछि उपचारका लागि अस्पताल भर्ना गरिए पनि बुधबार बिहान निधन भएको पारिवारले जनाएको छ। 

आचार्यको बुधबार नै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

प्रकाशित: २६ वैशाख २०८१ १३:३८ बुधबार

Prisma Advertising Agency Chief Executive Officer Ranjit Acharya paternal grief