समाज

रोकिराखेको तेल ट्याङ्करमा बस ठोक्किँदा १३ जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर-२९ दासढुंगामा तेल ट्याङ्कर र यात्रुवाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन्।

बुधबार अपराह्न ३:४० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकिराखेको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको हो।

दुर्घटनापछि बस र ट्याङ्कर दुवैका चालक फरार रहेको प्रहरीले जनाएको छ।

घाइतेहरू चितवन र मकवानपुरका रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित नेसनल सिटी अस्पतालमा भर्ना गरिएको छ।

अस्पतालका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने अन्य केहीको अवस्था सामान्य र मध्यम रहेको छ।

प्रकाशित: १८ चैत्र २०८२ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App