समाज

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको बीएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको छ। ५८ वर्षे पराजुलीलाई केही दिनयता निमोनियाबाट पीडित थिए। सोही कारण उपचारका लागि अस्पताल भर्नाका उनको पशुपति आर्यघाटमा मंगलबार दिउँसो साढे बजे  अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानाएको छ।

काठमाडौँ कोटेश्वरका पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’सहित एक दर्जन पुस्तक प्रकाशित छन्। ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’ र ‘जन्तरमन्तर’ कृति चर्चित छन्।

पत्रकारितामा दुई दशकभन्दा बढी योगदान गरेका उनले नागरिक, हिमाल खबरपत्रिका, नेपाल समाचारपत्र, आर्थिक अभियान, बाह्रखरीलगायत सञ्चारसंस्थामा आबद्ध भए। पराजुली साझा प्रकाशनको सञ्चालक समिति सदस्य पनि भएका थिए। पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले शोक विज्ञप्ति प्रकाशित गर्दै महासंघ सदस्य, वरिष्ठ पत्रकार तथा साहित्यकार पराजुलीको निधनले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा अपूरणिय क्षति पुगेको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८० ०५:२३ मंगलबार

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन