समाज

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। बलात्कार आरोपमा अनुसन्धानकाे लागि पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। 

उनको घरमा काम गर्ने  घरेलु कामदार यूवतीले बलात्कार लगाएपछि पोखरेल फरार थिए। पोखरेलले आफ्नै घरमा काम गर्ने युवतीलाई यौन दुर्व्यवहार गरेको दृश्य सामग्री (भिडिओ) बाहिरिएको थियो। पीडित युवती आफैंले सामाजिक सञ्जालमार्फत उक्त भिडिओ सार्वजनिक गरेकी छन्।

गत शुक्रबार पीडित युवतीको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएर अनुसन्धान प्रक्रिया अगाडि बढेको थियो।

यो पनि पढ्नुहोस्

आयोजना निर्देशकको यौन हर्कत !

 

प्रकाशित: १२ श्रावण २०८० ०६:२४ शुक्रबार

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ