राजनीति

बालेन र रविको तारिफ गर्दै सिके राउतले के के भने ?

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको प्रशंसा गरेका छन्। उनले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मबाट देश निर्माणको अठोट बोकेर प्रतिनिधिहरू चितवन पुगेको उल्लेख गर्दै उनीहरूको प्रतिबद्धताको प्रशंसा गरे।

महाधिवेशनलाई सम्बोधन गर्दै राउतले सहभागीहरू पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई देशलाई समृद्ध बनाउने उद्देश्यसहित एकत्रित भएको बताए। उनले आफू पनि देश बनाउने समान आकांक्षाका साथ शुभकामना दिन उपस्थित भएको उल्लेख गरे।

उनले भने, “तपाईँहरू महाधिवेशनमा पदका लागि आउनुभएको होइन। तपाईँहरूमा यो देश बदल्ने उत्कट चाहना छ। त्यसकै लागि यहाँ आउनुभएको हो। मभित्र पनि देश बनाउने चाहना भएकाले तपाईँहरूलाई शुभकामना दिन उपस्थित भएको हुँ। जुन सपना तपाईँहरूले देख्नुभएको छ, त्यही सपना मैले पनि देखेको छु। म प्रतिस्पर्धीका रूपमा होइन, सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन आएको हुँ।”

सम्बोधनका क्रममा राउतले प्रधानमन्त्री बालेन्द्र शाह को क्षमता र नेतृत्वको समेत प्रशंसा गरे। उनले विगतमा समानताका लागि आफूले आन्दोलन गरेको स्मरण गर्दै मधेसी समुदायबाट नेतृत्व स्थापित भएको प्रसङ्ग उल्लेख गरे।

राउतले प्रधानमन्त्रीलाई ‘स्मार्ट, स्टाइलिस र डायनामिक’ भन्दै प्रशंसा गर्दै व्यङ्ग्यात्मक शैलीमा विपक्षी दलमाथि टिप्पणी पनि गरे। उनले भविष्यमा राजनीतिक प्रतिस्पर्धाका नाममा कुनै दिन विपक्षीलाई कालो पोसाक लगाउनसमेत निषेध गरिन सक्ने अवस्था आउन नदिन लोकतान्त्रिक संस्कृतिको रक्षा आवश्यक रहेको संकेत गरे।

प्रकाशित: ७ असार २०८३ १६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App