नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रका टोलटोल पुगेर मतदातासँग संवाद गर्ने बताएका छन्। मतदाताले टोलटोलमा आइदिन आग्रह गरे बमोजिम मतदाता भेटघाटसँगै संवादलाई मुख्य प्राथमिकता दिने बताएका हुन्।
चुनावी अभियानका लागि आइतबार झापा आएका ओलीले सञ्चारकर्मीहरूलाई मतदाताले शान्ति, स्थायित्व र विकास खोजेको बताए। यसअघि एक साता क्षेत्रमा घुम्दा मतदाताले सोही माग अघि सारेको उनको भनाइ थियो। गत हप्ता ८० टोलमा पुगिसकेका ओलीले अब अन्य टोलहरूमा जाने जानकारी दिए। उनले मतदातालाई मसिनो गरी भेट्ने योजना रहेको सुनाए।
टोलटोलमा पुगेर मतदाताका आवाज सुन्ने योजना रहेको उनको भनाइ थियो।
प्रकाशित: ३ फाल्गुन २०८२ १९:४१ आइतबार



