राजनीति

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

नेकपा एमालेले जेन-जी आन्दोलन छानबिनका लागि गठन भएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सोमबार कोशी प्रदेशसभा बैठकमा एमाले संसदीय दलको तर्फबाट बोल्दै सांसद तिलकुमार म्याङ्वोले कार्की जेन-जी आन्दोलन जाँचबुझ र छानविनका लागि गठित  आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

जेन्जी आन्दोलनका क्रममा तत्कालिन सरकारका प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका अधिकारी मात्रै दोषी छन् की विद्यार्थीलाई छतबाट लुकेर गोली हान्नेहरू, संसद भवन, सिंहदरबार जलाउनेहरू पनि दोषी छन् भन्ने जनताले जान्न चाहेको उनको भनाइ छ। उनले संघीयताको खुलेर विरोध गर्न नसक्नेहरूले प्रदेश खारेज गर्नुपर्छ भन्ने गरेको बताए। 

प्रदेश नरहे संघीयता पनि नरहने भएकाले जनताले लडेर ल्याएको संघीयता सजिलै खारेज हुन नसक्ने उनले स्पष्ट पारे। केहि दिन यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताका विषयमा बोलेको भन्दै भ्रामक समाचारहरू सञ्चारमाध्ययमहरूमा आएको उनको दाबी छ । 

प्रकाशित: ९ चैत्र २०८२ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App