जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग डराउने बताएका छन् । बालेन नेतृत्वको सरकारलाई पाँच वर्ष टिकाउँने रविको आश्वासनप्रति टिप्पणी गर्दै बस्नेतले उक्त कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘सहकारीको रकम हिनामिना प्रकरणमा रवि लामिछानेमाथि कानूनी प्रश्न छन् । बालेन नेतृत्वको सरकारलाई रविले छुनु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो । सरकारले राम्रो काम गरिरहेको भएर वा सरकारको स्थायित्वका लागि उनले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने भनेका होइनन् । आफू जोगिने उपाय अहिलेलाई यही हो भन्ने कुरा भन्न नसकेका हुन् ।’

‘उनका समर्थकले रवि लामिछाने जेल जान डराउने मान्छे हैनन् भन्न सक्छन्, तर देउवा, ओली र प्रचण्डभन्दा म कम खराब छु भन्ने रविको घमण्ड बालेनको अगाडि काम लाग्दैन । यो कुरा रविले बुझेका छन्,’ उनले भने ।
बस्नेत भन्छन्, ‘उता निर्वाचन नजिकिदै छ । चुनाव जित्न बालेन नभई हुँदैन । गगन थापासँग बदला लिन पर्ने त होला त्यसको लागि शेरबहादुर देउवालाई उपयुुक्त वातावरण बनाइदिए पुुग्छ भन्ने कुरा उनलाई थाहा छ । त्रिपुरेश्वर र थापाथली बस्तीमा बाजा बजाएर सरकार ज्वागलमा नाँच्दैछ । आमा, बालेनले देश बनाउँछ । देश बनाउँन सरकार टिक्नुपर्छ हैन त, रविजी?’
प्रकाशित: २४ कार्तिक २०८३ १२:०४ मंगलबार



