राजनीति

मधेश प्रदेश सभाको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने

मधेश प्रदेश सभाको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ।

मधेश प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरेर मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएको छ।  

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ११ वैशाख २०८३ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App