प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेशसभाले दफवार छलफलका लागि समितिमा पठाएको छ ।
सोमबारको प्रदशेसभा बैठकले उक्त विधेयकलाई संसोधन सहित दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठकमा जानकारी दिए ।
विधेयक माथि दुई वटा संसोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरू कमला दर्नाल र रेवतीरमण भण्डारीले संसोधन प्रस्ताव दर्ता गरेका थिए । बैठकमा मधेसी आयोगको प्रतिवेदन पेश गरिएको थियो ।
प्रदेशसरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको सभामुख विष्टले जानकारी दिए ।
प्रकाशित: ९ चैत्र २०८२ २०:१२ सोमबार



