सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र रास्वपा सांसद इन्दिरा रानामगरले बोलेका शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले उनीहरुले अमर्यादित शब्दहरु प्रयोग गरेको भन्दै अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
सांसद मगरले बोलेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ हटाउन भनेका हुन्। यस्तै, बादलले प्रयोग गरेका ’नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्दहरू पनि अभिलेखबाट मेटाउन निर्देशन दिएका हुन्।
यस्तै, सभामुखले सांसदहरूलाई अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने गरी अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराए।
प्रकाशित: ८ भाद्र २०८३ १७:३० सोमबार

-600x400.jpg)

-600x400.jpg)