राजनीति

कञ्चनपुरमा छ प्रतिशत मत बदर

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ। यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए। निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन्। यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए।  

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन्। निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताए।  

गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ। कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो।

प्रकाशित: २५ फाल्गुन २०८२ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App