राजनीति

शशांक कोइरालाले भनेः वीपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरेको बताएका छन्।

काठमाडौंमा शुक्रबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय भेलाका संयोजक डा.कोइरालाले शेरबहादुर देउवाको उपस्थितिले भेला पूर्णरुपमा सफल  भइसकेको दाबी गरे। उनले भने, 'नेपाली कांग्रेसलाई एक बनाउन भेला आयोजना गरेको हो। पार्टी एकजुट भएको खण्डमा कसैले पराजित गर्न नसक्ने कुरा यथार्थ हो।'  

डा.कोइरालाले आफ्ना बुवा वीपी कोइरालाले शेरबहादुर देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको चर्चा पनि गरे। भारतमा बसेका समय देउवासँग चलचित्र हेर्न गएको प्रशंग उठाउँदै डा.कोइरालाले वीपीले देउवाको क्षमता त्यही समयदेखि जानेको बताएका थिए।  

उद्घाटन सत्रमा कांग्रेसइतर पक्षले देउवालाई पार्टी सभापतिका रुपमा आशनग्रहण गराएको छ भने वक्ताहरुले सभापतिका रुपमा सम्बोधन गरिरहेका छन्।

प्रकाशित: २९ श्रावण २०८३ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App