सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशी लगानीलाई नेपाल आउन आह्वान गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा पार्टी सभापति रवि लामिछानेले देशमा लगानीको वातावरण बनेको बताउँदै नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
उनले विगतमा जस्तो राजनीतिक अस्थिरता नभएको, कानुनी अल्झन नहुने र सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाए ।
बैठकलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्टमबाट मेरो अपिल छ । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ । किनकी राजनीतिक स्थिरता, कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौँ।’
उनले व्यापार, लगानीलाई व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री बनाउने प्रतिवद्धता जनाए ।
प्रकाशित: १९ चैत्र २०८२ १७:४४ बिहीबार



