राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि चार जनाको नाम टुंगो लगाएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार जनालाई समानुपातिक सांसदका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार खसआर्य पुरुषतर्फ भरत गिरी, महिलातर्फ खुस्बु ओली, मुस्लिम पुरुषतर्फ ताहिर अली र जनजाति महिलातर्फ सरस्वती लामाको नाम चयन गरिएको छ।
यस निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र जितेको थियो भने समानुपातिकतर्फ ३ दशमलव ६ प्रतिशत मत प्राप्त गर्दै चार सिट पाएको छ।
अघिल्लो निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ सात सिट जितेको थियो भने समानुपातिकतर्फ पनि सात सिट नै हासिल गरेको थियो। अहिलेको निर्वाचनमा भने पार्टीको सिट संख्या घटेको हो ।
प्रकाशित: १ चैत्र २०८२ १६:४५ आइतबार



