सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट खाली छ । नेपाली कम्युनिष्ट पार्टीका बामदेव गौतमको ६ वर्षे कार्यकाल फागुन तेस्रो साता सकिएपछि खाली भएको एक सिटमा अर्याललाई सिफारिस गर्ने निर्णय भएको हो ।
प्रकाशित: १ चैत्र २०८२ १७:२३ आइतबार



