राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।
सुधनका विषयमा धेरै प्रश्न उठेपछि बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गुरुङमाथि चाँडै छानविन हुने बताए । तर कस्तो छानविन गर्ने भन्नेबारे पनि चाँडै जानकारी गराउने उनले बताएका छन् ।
लामिछानेले भनेका छन्, ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं ।उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’
गुरुङ विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक साझेदारी देखिएपछि गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
प्रकाशित: १६ वैशाख २०८३ १६:४७ बुधबार



