राजनीति

रसुवा बाढी : राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित

राष्ट्रिय सभाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबारे विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मतिले पारित गरेका हुन्। 

गत भदौ १० मा रसुवामा आएको बाढीपछि ठूलो जनधनको क्षति भए हुनुको साथै बाढीमा परी ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ। 

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ। 

त्यस्तै, बाढीका कारण मृत्यु भएकाहरूको शव पहिचान तथा व्यवस्थापन वैज्ञानिक र सुरक्षित ढंगले गर्न पनि राष्ट्रिय सभाले सरकारलाई आग्रह गरेको छ। 

प्रकाशित: १६ भाद्र २०८३ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App