राजनीति

शपथ ग्रहणमा समयमा पुगिनन् रामकुमारी झाँक्री

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्री शपथ ग्रहणमा पनि समयमा अनुपस्थित भएकी छन्। गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट चुनिएका १८ जना सदस्यको सोमबार सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम थियो ।  

लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा नेकपा एमालेका तर्फबाट निर्वाचित झाँक्री शपथको समयमा नपुगेपछि उनलाई छुट्टै शपथ गराइएको थियो । झाँक्रीले ट्राफिक जामका कारण समयमा शपथ कार्यक्रममा उपस्थित हुन नसकेको बताएकी छन्। 

रामकुमारी अघि अन्य १७ जनाले आजै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग सामुहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्य मनोनित हुन भने बाँकी छ। 

प्रकाशित: २५ फाल्गुन २०८२ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App