राजनीति

जेनजी सांसदलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेन्जी उमेर समूहका सांसदसँग अन्तरक्रिया गर्दै उनले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्यसबाट अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे। 

यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न उनले सुझाव दिए। 

राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत उनले आग्रह गरे। 

अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: २ आश्विन २०८३ १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App