प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले लुम्बिनी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन्।
यसअघि उनले कोशी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए।
प्रकाशित: २३ चैत्र २०८२ १५:४९ सोमबार



