नेकपा एमालेले संसदीय दलको नेता छान्न पार्टी नेतृत्वले दवाव नदिएको जनाएको छ । पार्टीको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले संसदीय दलको नेता चयनका विषयमा आएका टिप्पणी गलत भएको बताए ।
उनले संसदीय दलको नेता छान्न भएको निर्वाचनमा पार्टीको कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको बताए । यसबारे सार्वजनिक टिप्पणी नगर्न पनि पार्टी पंक्तिलाई एमालेले आग्रह गरेको छ ।
निर्णय सार्वजनिक गर्दै उनले भने, ‘निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठकबाट निर्वाचनमा पार्टीका तर्फबाट कुनै प्रकारको निर्देशन, नियन्त्रण एवं हस्तक्षेप भएको थिएन भन्ने कुरा प्रष्ट पार्न चाहन्छौं ।’
प्रकाशित: २० चैत्र २०८२ २०:१८ शुक्रबार



