राजनीति

गगनविरुद्ध देउवाले हालेको रिटमा आज पनि भएन सुनुवाइ

कांग्रेसका सभापति गगन थापाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दायर गरेको रिटमाथि आइतबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।  

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको भए पनि व्यस्त कार्यसूचीका कारण आज हेर्न नभ्याइएको हो।  

इजलासको अन्तिम नम्बरमा रहेको यो मुद्दा समय अभावका कारण स्थगित भएको अदालत स्रोतले जनाएको छ।

देउवाले निर्वाचन आयोगको निर्णयप्रति असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई पार्टी सभापतिको मान्यता दिएपछि देउवा अदालत पुगेका हुन्।

यसअघि अदालतले कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिएको थियो, तर अन्तरिम आदेश भने जारी गरेको थिएन। त्यसपछि पनि गगन थापाले पार्टीका गतिविधि तथा निर्वाचनसम्बन्धी कामहरू निरन्तर अघि बढाउँदै आएका छन्।

आजै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा समानुपातिक सांसद चयनका विषयमा केन्द्रीय समितिको बैठक सभापति थापाकै अध्यक्षतामा बसेको छ।

अब यो रिटमाथि सुनुवाइका लागि अर्को मिति तोकिने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १ चैत्र २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App