कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले देशको राजनीतिक स्थायित्व हुने बताएका छन्।
इटहरीमा शनिबार साँझ आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नयाँ प्राप्त जनादेशले आर्थिक समृद्धि, विकाससँगै सबैका लागि ढोका खुलेको बताएका हुन्।
‘नयाँ राजनीतिक दल र नेताहरूले जनादेशलाई कुशलतापूर्वक सञ्चालन गरेर पाँच वर्षको राजनीतिक स्थायित्व र नेपालको लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गरेर अघि बढ्नेमा विश्वस्त हुनुपर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने।
यस्तै उनले विगतमा भएका कमीकमजोरी सच्चाएर नयाँ दलहरू अगाडि बढ्नुपर्ने बताए।
प्रकाशित: ८ चैत्र २०८२ ११:४९ आइतबार



