नेकपा एमालेका सचिव महेश बस्नेतले अघिल्लो संसद् पुनर्स्थापना गर्ने बताएका छन्।
बुधबार गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि विघटन संसद् पुनर्स्थापना गर्न आन्दोलनको एजेन्डा बन्ने चेतावनी दिए।
उनले असोज ६ र ७ गते बस्ने बैठकको मुख्य एजेन्डा यहि रहने बताउँदै उनले भने,‘ कतिपय संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नु भएको छ। यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ।’
विगतमा प्रतिगमन सच्याउनको लागि संसद् पुनर्स्थापनाको प्रक्रियालाई आन्दोलनले स्वीकारेको बताउँदै उनले यसअघि पनि एमालेले संसद् पुनर्स्थापना गरेको दाबी गरे।
अब पनि प्रतिगमन सच्चाउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्ने बताउँदै उनले सर्वोच्चमा विचाराधीन रहेको विषयमा छलफल हुने बताए।
यस्तै, उनले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभाबाट फर्किएपछि राजीनामा दिनुपर्ने बताए।
बालेन सरकार जति धेरै टिक्छ त्यति देशले क्षति व्यहोर्ने चेतावनी दिँदै उनले भने,‘ सरकारप्रति जनताको आक्रोश छ। जनताको आक्रोश रोक्न राजीनामा दिनुस्। नभए दोस्रो भदौ २३ र २४ गतेको जस्तै आन्दोलनको घोषणा हुनेछ। संसद् पुनर्स्थापना लगायतका विषय आन्दोलनको एजेन्डा बन्नेछ।’
प्रकाशित: २४ भाद्र २०८३ १२:५५ बुधबार