राजनीति

ओलीको बयानपछि नेता रिजालको माग : सरकारले तत्काल सत्यतथ्य छानबिन गरोस्

नेकपा एमालेका नेता विष्णु रिजालले जेन–जी आन्दोलनको छानबिन माग गरेका छन्। सामाजिक सञ्जाल एक्समा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रदर्शनकारीमाथि गोली चलाउन प्रहरीलाई आदेश नदिएको कुरा उल्लेख गर्दै उनले यस्तो बताएका छन्।  

उनले लेखेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवा मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर छ। सरकारले हत्या, आगजनी र लुटपाटको छानबिन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्ने हो। सत्यतथ्य छानबिन होस्, दोषीमाथि कडा सजाय होस्।’  

यसअघि संविधान दिवसको अवसरमा शुक्रबार ओलीले भदौ २३–२४ को जेन–जी आन्दोलनमा गोली चलाउन आदेश नदिएको र वर्तमान सरकारले घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने बताएका थिए। 

सुशीला कार्की नेतृत्वको सरकारले छानबिन समिति बनाउने भने पनि अहिलेसम्म बनेको छैन। सरकारमाथि जेन–जीसहित सबैतिरबाट दुई दिने जेन–जी आन्दोलनको सत्य–तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न दबाब छ।

प्रकाशित: ४ आश्विन २०८२ १०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App