विनोद सुवेदी
विराटनगर,भदौ ८
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।
विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरेका छन् । कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन् ।
कोशी प्रदेससभामा मत विभाजन पछि सभामुख अम्मरबहादुर विष्टले विश्वासको मतको पक्षमा ५७ मत परेको जानकारी दिए । त्यस्तै विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन् । नेपाली कांग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा २२ मत परेको छ । त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।
उनीहरूले कतै पनि मतदन गरेनन् । जनता समावादीकी एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन् । ९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् । सोमबारको बैठकमा ८३ सदस्य उपस्थित थिए ।
प्रकाशित: ८ भाद्र २०८३ १७:३१ सोमबार

-600x400.jpg)

-600x400.jpg)